Logo

गुञ्जनगर खानेपानी उपभोक्ता संस्था

Gunjanagar Khanepani Upovokta Sastha

समुदायलाई सुरक्षित र स्वच्छ खानेपानी प्रदान गर्दै।
Nepal Flag
कार्तिक १५, २०८३, बिहिबार
Thursday, 29th October 2026
भरतपुर - १८ , चितवन , नेपाल
khanepanigunjanagar@gmail.com
056-591265
सूचनाहरू र समाचार
हाम्रो बारेमा

हाम्रो बारेमा


पश्चिम चितवनको करिब मध्य भागमा अवस्थित साविक गुन्जनगर गाउँ विकास समितिका वडा नं. १, २, ३, ४, ५, ६ र ९ मा स्वच्छ खानेपानी तथा सरसफाइ व्यवस्थापनका लागि तत्कालीन गाउँ विकास समिति अध्यक्ष टेक बहादुर घलेको संयोजकत्वमा जनप्रतिनिधिसहितको एक समिति गठन भएको थियो। स्थानीयवासीहरूको सहभागितामा वि.सं. २०५७ सालमा “गुन्जनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको विधान, २०५७” निर्माण गरिएको थियो।

उक्त संस्थालाई वि.सं. २०५९ भदौ २४ गते दर्ता नं. १५८/०५९/०६० कायम गरी चितवन जिल्ला जलस्रोत समितिमा “गुन्जनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, गुन्जनगर” नामकरण गरी संस्थाको स्थापना गरिएको हो।

संस्था स्थापना भएपछि नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार वि.सं. २०६३ साल असारमा जिल्ला खानेपानी कार्यालय भरतपुर र गुन्जनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सम्झौता भई खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको थियो। आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की निर्माण, डिप बोरिङ तथा कालोपाइप विस्तार लगायतका कार्यहरू सञ्चालन गरिएका थिए।

निर्माण कार्य सुरु भए तापनि तत्कालीन परिस्थितिका साथै विभिन्न कारणले आयोजना निर्धारित समयमा सम्पन्न हुन सकेन। पछि संस्थाका तत्कालीन सञ्चालक समिति, स्थानीयवासी तथा खानेपानी डिभिजन कार्यालयको निरन्तर प्रयासबाट आयोजना सम्पन्न गरी वि.सं. २०७१ साल जेठ २१ गतेदेखि यस खानेपानी संस्थाले खानेपानीका धारा वितरण गरी नियमित रूपमा खानेपानी सेवा सञ्चालन तथा व्यवस्थापन गर्न सुरु गरेको हो।

त्यसपश्चात् संस्थाले धारा वितरण कार्यलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यक्षेत्रलाई क्रमशः विस्तार गरेको छ। साथै, धारा जडान कार्यलाई तीव्रता दिँदै स्थानीय उपभोक्ताहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ।